उत्तर कोरियाली नेता किमद्वारा सेनालाई सम्भावित ‘युद्ध’को तयारी गर्न निर्देशन

उत्तर कोरियाली नेता किम जोङ उनले सियोलमा आणविक आक्रमणको नयाँ धम्की र प्रायद्वीपमा ‘कुनै पनि बेला भड्किन सक्ने’ युद्धको तयारीका लागि सैन्य शस्त्रागार निर्माण गर्न आदेश दिएर वर्षको अन्त्य गरेको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले आइतबार जनाएका छन । नेता किमले सन् २०२४ का लागि आफ्नो देशको सैन्य, राजनीतिक र आर्थिक नीतिगत निर्णयका लागि तय गरिएको पाँच दिनको पार्टी बैठकको अन्त्यमा लामो भाषणका क्रममा

रूसी आक्रमणबाट शुक्रबार कम्तीमा ३० युक्रेनीको मृत्यु

रूसले युक्रेनमाथि शुक्रबार गरेको भीषण हवाई आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन । युक्रेनी अधिकारीहरूका अनुसार ब्यारेज, विद्यालय, प्रसूति गृह, व्यापारिक केन्द्र र आवासीय भवनमा क्षति पुगेको छ । सन २०२२ को फेब्रुअरीको अन्त्यदेखि रूसी सेनामाथि आक्रमण गरिरहेको युक्रेनलाई रूसी क्षेप्यास्त्रले पोल्याण्डको हवाई क्षेत्र पार गरेको थियो र त्यसको अन्तर्राष्ट्रिय निन्दा भएको

राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर निर्माण गर्न खोला फर्काइयो

म्याग्दी, १४ पुस स् नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर (बालुुवा थिग्राउने पोखरी) निर्माणका लागि आज राहुघाट नदीलाई फर्काइएको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा न ५ झिँ को फेदीमा एक सय १९ दशमलव सात मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्टर बनाउनका लागि खोला फर्काइएको हो । दग्नामतर्फको भूगोलमा डिसेन्डर बनाउन झिँतर्फक

पाथीभरा मन्दिरमा दुई महिनामा ६८ लाख भेटी सङ्कलन

ताप्लेजुङ, १३ पुस : प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दुई महिनामा रु ६८ लाख बढी भेटी रकम सङ्कलन भएको छ । गत कात्तिक र मङ्सिरमा भक्तजनले चढाएको भेटी रकम रु ६८ लाख ११ हजार एक सय १० रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । दुई महिनाको समेत गरी हाल बैंकमा रु आठ करोड ३५ लाख २३ हजार पाँच सय ४८ मौज्दात रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । पछि

काठमाडौँ महानगरमा स्वास्थ्य बीमाका २४ प्रथम सेवा विन्दु

काठमाडौँ, १३ पुस : काठमाडौँ महानगरपलिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न २४ वटा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकेको छ । महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले महानगरको प्रत्येक वडा कार्यालयमा रहेका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई प्रथम सेवा विन्दुका रुपमा तोकिएको बताउनुभयो । “वडामा रहेका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकी

मन्त्री ज्वालाको गाडीमा आगजनी, पाँच जना पक्राउ

काठमाडौँ, १३ पुस : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जना पक्राउ गरेका छौँ, मन्त्री ज्यूल

कुनै पनि छानबिन निष्पक्ष हुनुपर्छ : मन्त्री गुरुङ

वालिङ (स्याङ्जा), १३ पुस । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारसम्बन्धी छानबिन निष्पक्ष ढङ्गले हुनुपर्ने बताउनुभएको छ । भ्रष्टाचारलगायतका विभिन्न विषयमा ठूला मान्छे जोडिएपछि छानबिन फितलो हुने गरेको भन्दै यसलाई अझ दरिलो तरिकाले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । नेपाल प्रेस युनियन स्याङ्जाले आज वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले छानबिन प्रक्रियाप्रति आ

राष्ट्रियसभा निर्वाचन : पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

काठमाडौँ, १३ पुस स् आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछन । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम सात जिल्लाका जिल्ला न्यायाधीशलाई यही पुस १६ गतेदेखि लागू हुने गरी बिहीबार निर्वाचन अधिकृतका रुपमा नियुक्त गरेको थियो । ती अधिकृतले सम्बन्धित प्रदेशमा प्रदेश नि

ब्लडमनी’ तिरेर फर्किएका सुवास भन्नुहुन्छ–अब विदेश जान्न

झापा, १२ पुस : ‘ब्लडमनी’ तिरेर घर फर्किन सफल कनकाई–४ का ३३ वर्षीय सुवास राउत वैदेशिक रोजगारीका क्रममा बिताएका त्रासदीपूर्ण क्षणहरु बिर्सन चाहनुहुन्छ । किनकि, उहाँ अब स्वदेशमै रोजगारीको लयमा फर्किनुभएको छ । “अब विदेश जान्न”, हालै स्वदेश फर्किनुभएको उहाँ भन्नुहुन्छ, “गाउँकै पानी उद्योगमा सानो काम गर्न थालेको छु । भविष्य के–कस्तो होला भन्न सकिन्न, तर अब स्वदेशमै गरिखाने हो ।” पाँच वर्षअघि कतार जान

बिजुलीको बक्यौता तिर्नैपर्छ, छुट हुँदैन : प्राधिकरण

काठमाडौँ, १२ पुस : नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका र हाल लाइन काटिएका ग्राहकलाई पुनरावेदन प्रक्रियामा आउन आग्रह गरेको छ । महसुल उठाउनैपर्ने र राजस्वमा छुट दिन नसकिने भएकाले पुनरावलोकन प्रक्रियामा आउन वा किस्ताबन्दीमा तिर्नका लागि अवसर दिन सकिने स्पष्ट पारेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज यहाँ आयोजित पत्रकार सम्मे