अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । World Meters का अनुसार अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख १ हजार ३८६ पुगेको छ ।

त्यस्तै संक्रमित संख्याको आधारमा अमेरिका कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित हुने पहिलो मुलुक हो । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या पनि ६८ लाख २९  हजार ३१९ पुगेको छ ।

अहिले सम्ममा २५ लाख ८ हजार १४९ सक्रिय संक्रमित रहका छन् भने  ४१ लाख १९ हजार ७८४  जना निको  भएका छन् |

तपाईको प्रतिक्रिया