राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिए

काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले बिहिबार पद तथा गोपनियताको सपथ लिएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय गरेको थियो। आजै राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रिय सभा सदस्य मनोनित गरेकी थिइन्।

राष्ट्रपतिबाट मनोनित भएपछि आजै सभाहलमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनले सपथ ग्रहण गराएका हुन्।

 

तपाईको प्रतिक्रिया