सगरमाथा मल्टिपलमा रक्त्तदान कार्यक्रम सम्पन्न

 

काठमाडौं–काठमाडौंको डिल्लीबजारमा अवस्थित सगरमाथा मल्टिपल कलेजका विद्यार्थीहरूको आयोजनामा रक्त्तदान कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समय देशब्यापी रूपमा देखापरिरहेको रगत अभावको समस्यालाई न्यूनीकरण गर्ने उदेश्य सहित एसएम कलेजका मानविकी संकायका विद्यार्थीहरूको सक्रियतामा भएको रक्तदान कार्यक्रममा ५० जना भन्दा बढि व्यक्तिहरूले रक्तदान गरेका छन् ।

कलेजमा अध्यापन गराउने शिक्षक अध्ययनरत विद्यार्थी सहित अन्य कलेजका विद्यार्थीले रक्तदान गरेका थिए । सगरमाथा मल्टिकलेज (एसएम) का विद्यार्थीहरूले हरेक तीन तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया