हटेन नेपाल ल क्याम्पसको ताला, विद्यार्थी संगठनकै गलत राजनीति

काठमाडौं–काठमाडौंको प्रर्दशनी मार्गमा रहेको नेपाल ल क्याम्पस कानूनका विद्यार्थी उत्पादन गर्ने प्रमुख थलो हो । त्रिभुवन विश्व विद्यालयको मातहातमा रहेको यो क्याम्पसबाट बर्षेनी संयौंको संख्यामा कानूनका विद्यार्थीले स्नातक तह र स्नातककोत्तर उत्तिर्ण गर्दछन् । एल एल वी तहमा बर्षेनी हजारौं संख्यामा अव्यवस्थित तरबरले विद्यार्थी भर्ना लिदै आएको यस कलेजमा अहिले नयाँ शैक्षिक शत्रको भर्ना कार्यक्रम अवरूद्ध छ ।

त्रिभुवन विश्वविद्यालयले कानून संकायमा एकै पटक ४/५ हजार विद्यार्थी भर्ना लिदा व्यवस्थापनमा समस्या भएको भन्दै एल एल वी मा निश्चित कोटा निर्धारण गरेपछि त्यसको विरूद्धमा एकपछि अर्को व्द्यिार्थी संगठन डिनको कार्यालयमा ताला लगाउँदा एउटा शैक्षिक शत्र नै सिधिने खतरा बढेको सम्बन्धीत पक्षको भनाइ छ । दुई महिना अघि नै नयाँ शैक्षिक शत्र शुरू हुनुपर्ने भएपनि त्रिभुवन विश्वविद्यालयले नेपाल ल क्याम्पसमा स्नातक तहमा ५ सय विद्यार्थीको मात्र कोटा निर्धारण गरेपछि यसको विरोधमा अनेरास्ववियुले ४० दिनसम्म ताला लगायो ।

अनेरास्ववियुले ताला लगाएको ४० दिनपछि वार्ता कमिटि गठन गरेर समावेशी सहित ६ सय कोटा निर्धारण गर्ने गरी नयाँ शैक्षिक शत्रको भर्ना खुलाउने सहमति भएपनि पुन अन्य विद्यार्थी संगठनले डीनको कार्यालयमा लाताबन्दी गरेका छन् । जसको कारण अहिले कानून अध्ययन गर्न चाहने सयौं विद्यार्थीको भविष्य अन्योलमा परेको छ । विद्यार्थी ले नै काटो प्रणालीको विरोध गर्दै पटक–पटक डीनको कार्यालयमा ताल्चा लगाएपछि यो शैक्षिक शत्र नै धरापमा परेको छ भने त्रिभुवन विश्वविद्यालयको नियमित तालिका पनि प्रभावित भएको छ ।

कानून संकायमा नयाँ शैक्षिक शत्रको अन्योलता छदै छ यसका अलवा भर्ना स्पष्ट कानूनी प्रावाधन नहुँदा विद्यार्थीहरू मारमा परेका छन् । तीन बर्षे स्नातकको पहिलो बर्ष भर्ना कुनै पनि संकायबाट स्नातक उत्तिर्ण नियम भएपनि सोही समयमा अर्को समयमा उक्त विद्यार्थीले अर्को तहमा अध्ययन गर्न पाउने नपाउने भन्ने स्पष्ट कानूनी व्यवस्था समेत छैन । त्यस्तै कानून सङकायमा परिक्षा सञ्चालन र नतिजा प्रकासनको समय सापेक्ष हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया