नेपालमै सकिन्छ नामक प्रेरणादायी पुस्तकका लेखक भण्डारीलाई राष्ट्रिय युवा प्रतिभा सम्मान

काठमाडौं– नेपालमै सकिन्छ तथा सम्भव छ पुस्तकका लेखक रोहित भण्डारीलाई नेपाल सरकारले एक लाख रुपैंयाँ नगद सहितको राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राजधानीमा आयोजित एक विशेष कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई सम्मान गर्नुभएको हो ।

नेपाली युवाहरुका संघर्ष र सफलताका कथाहरुलाई पुस्तकका माध्यमबाट उजागर गर्दै आउनुभएका भण्डारी पेशाले टेलिभिजन पत्रकार समेत हुनुहुन्छ । सम्भव छ पुस्तकमा २३ जना व्यक्तिका संघर्ष र सफलताका कथा छन् भने नेपालमै सकिन्छ पुस्तकमा सानो लगानीमा गर्न सकिने विभिन्न व्यवसायका टिप्स सहित सफल उद्यमीहरुका प्रेरणादायी सन्दर्भहरु छन् ।

पत्रकार भण्डारीका यी दुई पुस्तकले नेपाली युवाहरुमा सकारात्मक सोचको भावना जागृत गरेको भन्दै सरकारले उहाँलाई सम्मान गरेको हो ।

तपाईको प्रतिक्रिया