फाल्गुनन्द गोल्ड कपमा सेमिफाइनलका खेल सकिए , फाइनल आइतबार

पुष २३ । पूर्बी पहाडी जिल्लामा आयोजना हुने फुटवल प्रतियोगिता मध्ये सबैभनदा ठुलो भनिने फाल्गुनन्द गोल्ड कप फुट बल प्रतियोगितामा सेमी फाइनल चरण सम्मका सबै खेल शनिबार सकिएका छन । नेपाल,भारत र भुटानका गरी आठवटा टिमले भाग लिएको यो प्रतियोगितामा आकर्षणको केन्द्र बनेका पाहुना टिम मध्ये अधिकांस पहिलो र केहि दोस्रो चरणबाट बाहिरिएका छन । पाहुना टिमलाई पाखा लगााउदै अगाडी बढेका ताप्लेजुङ र झापा बीच उपाधीका लागि आइतवार प्रतिश्पर्धा हुँदैछ । फाइनलमा पुगेका मध्ये कर्णसिंह सोनाम स्मृति क्लव ताप्लेजुङ फाल्गुनन्द गोल्डकपको साविक विजेता हो ।

यस टिमले पहिलो चरणमा साइनो स्पोर्टिङ क्लव मोरङलाई हराएको थियो भने दोस्रो चरणमा चर्च व्याइज क्लव काठमाण्डौ तथा सेमी फाइनमा एलेभेन एरोज सुनसरीलाई हराएको थियो । यस्तै झापाले पहिलो खेलमा भारतको शेर क्लव कालिङपोङ र दोस्रो चरणमा फिदिम स्पोर्टिङ क्लवलाई हरााउदै फाइनलमा पुगेको हो । आठौं फाल्गुनन्द गोल्डकपमा भाग लिएका भारतको शेर क्लव सागै भुटानको विआरसी र काठमाण्डौको हिमालयन सेर्पा क्लव पहिलो चरणवाटै बाहिरिएकाले पुर्वका टिमले फाल्गुनन्द गोल्डकपमा वर्चश्व जमाएका हुन ।

तपाईको प्रतिक्रिया