लोकमानले सम्बेदनशील फाइलहरू निवासमा लगेको खुलासा

काठमाडौं–कार्तिक ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले टंगालस्थित सरकारी निवास नछाड्दा उनले प्रमाण नष्ट गर्न सक्ने खतरा बढेको छ ।

lokmanआफूलाई बचाउन अनेक चाल चाल्न माहिर कार्कीले सरकारी निवास नछाड्दा उनले प्रमाण नष्ट गर्न सक्ने खतरा देखिएको हो ।  जानकारी अनुसार अख्तियार प्रमुखको सचिवालय तथा कार्यकक्षमा रहेका अधिकांश फाइलहरु निवासमा पुर्‍याइएको छ । महत्वपूर्ण र संम्वेदनशील फाइलहरु छानीछानी निवास लगिएको हो ।

पछिल्लो समय लोकमान आफै राजीनामा दिन लागि दलका नेताहरूले समेत आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया