पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो गुटरेस संयुक्त राष्ट्रसंघको नयाँ महासचिव

असोज २८ । पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो गुटरेस संयुक्त राष्ट्रसंघको नयाँ महासचिवमा औपचारिक रुपमा चयन भएका छन् । बिहीबार बसेको राष्ट्रसंघीय महासभाको बैठकले एन्टोनियो गुटरेस नाम चयन गरेको हो । गुटरेसले १ जनवरी २०१७ मा कार्यकाल सम्हाल्ने छन् । उनको कार्यकाल २०२१ को अantonio-guterresन्त्यसम्म रहनेछ ।

उनी राष्ट्रसंघका नवौ महासचिवको रुपमा चयन भएका हुन् । बिहीबार राष्ट्रसंघमा आबद्ध १ सय ९३ देशका प्रतिनिधिहरु सम्मिलित सभाले महासचिवका लागि गुटरेसलाई चयन गरेको जानकारी आएको हो । गुटरेस नेपाल मामिलामा जानकार मानिन्छन् ।

तपाईको प्रतिक्रिया