चीनको भ्रमण उपलब्धिमुलक उपप्रधानमन्त्री : महरा

काठमाडौं–भदौ ४ । प्रधानमन्त्री पुष्पकमल दाहालका विषेश दुतका रुपमा चीनको ६ दिने भ्रमण पुरा गरी उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा स्वदेश फर्किनु भएको छ ।

maharaभ्रमणका क्रममा महराले चीनिया प्रधानमन्त्री ली ख छ्याङ, चिनिया विदेशमन्त्रीलगायत उच्च अधिकारीहरुसँग भेट गर्नुभएको थियो । भेटका क्रममा उपप्रधानमन्त्री महराले चिनिया राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएको र भ्रमण दुई देशीय सम्बन्ध विस्तारका लागि फलदायी भएको बताउनुभएको थियो ।

स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा भएको पत्रकार सम्मेलनमा मन्त्री महराले चिनिया राष्ट्रपति नेपाल आउने विषयमा सकारात्मक जवाफ पाएको भन्दै भ्रमण नेपाल चीन सम्बन्धमा नयाँ आयाम हुने बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया