४० हजार भन्दा बढी लाइसेन्स नक्कली

काठमाडौं–साउन २१ । २०७३ जेठ महिनामा जिल्ला प्रहरी कार्यालय काभ्रेले बनेपा र धुलिखेलबाट मात्रै १६ वटा नक्कली सवारी चालक अनुमतीपत्र जफत गर्‍यो । अनि, नक्कली सवारी चालक अनुमतिपत्र बनाउने गिरोहका ३ जना पनि पक्रियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजेशनाथ बास्तोलका अनुसार, अरनिको राजमार्ग भएर चल्ने सवारी साधनहरुमा दुर्घटनाको संख्या बढ्दै गएपछि प्रहरीले अभियान नै चलाएर सवारी चलाक अनुमति पत्रको छानविन सुरु गरेको थियो । यो त एउटा प्रतिनिधीमुलक उदाहारण मात्र हो ।

यसअघि पनि यस्ता थुप्रै नक्कली लाइसेन्स र नक्कली लाइसेन्स बनाउने गिरोह नियन्त्रणमा आइसकेका छन् । यातायात ब्यवस्था विभागको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्म बागमती अञ्चल कार्यालयमा मात्रै ८ लाख ६४ हजारको हाराहारीमा सवारी साधन दर्ता भएको छ ।

सबारी चालक अनुमतिपत्र लाइसेन्स समेत बितरण गर्ने सोही कार्यालयबाट हालसम्म ८ लाख २४ हजारको हाराहारीमा सबारी चालक अनुमति पत्र लाइसेन्स बितरण भएको छ । यसरी हेर्दा सवारी साधनको तुलनामा ४० हजार बढी लाइसेन्स बितरण भएको छ । नक्कली लाइसेन्सको आधारमा सबारी चलाउनेको उल्लेख्य रहेको कुरा यातायात ब्यवस्था विभागलाई पनि थाहा नभएको भने होइन । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क अनुसार यस बर्ष नक्कली सबारी चालक अनुमति पत्र लिएर सबारी चलाउने ५ जना पक्राउ परेका छन् ।

अघिल्लो बर्ष १४ जना पक्राउ परेका थिए । तर ट्राफिक प्रहरीले न्यून मात्रामा पक्राउ गरेपनि सबारी दर्ताको आंकडा र लाइसेन्स बितरण आंकडाको आधारमा हेर्दा ठूलो संख्यामा नक्कली सबारी चालक अनुपतिपत्र लिएर सबारी चलाउने रहस्य खुलेको हो । अबको ५ बर्ष भित्र स्मार्ट लाइसेन्सले कागजी लाइसेन्स बिस्थापित गर्ने भएकोले नक्कली लाइसेन्स प्रयोगबिहिन बन्ने विभागको दाबी छ ।

तपाईको प्रतिक्रिया