दलीय असमझदारी हटाउन सभामुखको दौडधुप

काठमाडौं–साउन ५ । मुख्य दलहरूबीच देखापरेको असमझदारीलाई हटाउन सभामुख ओनसरी घर्तीले राजनीतिक छलफललाई तीब्रता पार्नुभएको छ ।

onsari_garti_magarप्रधानमन्त्री केपीशर्मा ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै दलहरूबीच उत्पन्न विवाद समाधान गर्न सभामुख घर्तीले राजनीतिक छलफललाई तीब्रता दिनुभएको हो । उहाँले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्नुभयो । सभामुख घर्तीले राष्ट्रपति भण्डारीसँगको भेटमा संसद्का गतिविधिबारे जानकारी गराउनुभएको थियो । छलफलमा राष्ट्रपति भण्डारीले जुनसुकै समस्यापनि राजनीतिक सहमतिबाटै समाधान निकाल्न सुझाब दिएको सभामुख घर्तीले बताउनुभयो ।

बिहिबार बस्ने संसद बैठकअघि दलहरूबीच कुनै न कुनै सहमति हुनेमा  विश्वस्त रहेको भन्दै सभामुख घर्तीले दलहरूबीच सहमति नभए कार्यसूचीअनुसार नै बैठक अगाडि बढाउने गरि गृहकार्य थाल्नुभएको हो । नेताहरूसँगको छलफलमा सभामुख घर्तीले संविधान कार्यान्वयनका लागि दलहरूबीच सहमति खोजेर पछिल्लो राजनीतिक समस्या समाधान गर्न आग्रह अनुरोध गर्नुभएको थियो । सभामुखले मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया