नेपाली क्रिकेटको विजयी लहर

एजेन्सी–साउन । नेपालले विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसीसीसहित बेलायतका विभिन्न क्लबसागको पााचवटै खेलमा विजय हात पारेको छ । लर्ड्समा भएको खेलमा नेपालले बेलायती क्लब एमसीसीलाई ४१ रनले हराउन सफल भयो ।

Nepal cricket captain Paras Khadka plays a shot during the ICC Twenty20 World Cup sixth qualifying cricket match between Bangladesh and Nepal at the Zohur Ahmed Chowdhury Stadium in Chittagong on March 18, 2014. AFP PHOTO/Munir uz ZAMAN        (Photo credit should read MUNIR UZ ZAMAN/AFP/Getty Images)

नेपालले प्रस्तुत गरेको दुई सय १८ रनको लक्ष्य पछ्याएको एमसीसी ४७ दशमलव २ ओभरमा एक सय ७६ रन बनाउादा अलआउट भयो । एमसीसीका ओपनर जर्ज एडरले एक सय रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । नेपालका बसन्त रेग्मीले ३७ रन दिएर तीन तथा सागर पुनले ३५ रन खर्चेर तीन विकेट लिए । त्यस्तै, सोमपाल कामीले ३३ रन दिएर दुई विकेट लिए । नेपाल र बेलायतबिच मैत्रीपूर्ण सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा भएको खेल हेर्न लर्ड्स मैदानमा झण्डै पााच हजार नेपाली दर्शक पुगेका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर दुई सय १७ रन बनाएको थियो । क्रिकेटको मक्का मानिने लर्ड्स मैदानमा भएको खेलमा नेपालका लागि ज्ञानेन्ऽ मल्लले सर्वाधिक ३९ रनको योगदान रह्यो । यस्तै, पारस खड्काले ३०, शरद भेषवाकारले २७, सागर पुनले २६ रनको योगदान गरे । बसन्त रेग्मीले २४, राजु रिजालले २४, सोमपाल कामीले २० रनको योगदान गरे । सन् १७७८ मा स्थापना भएको एमसीसी विश्वकै पुरानो क्रिकेट क्लब हो । बेलायत भ्रमणका क्रममा नेपालले यो सहित लगातार पाँच वटा खेलमा जित हात पारेको छ ।

नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्डसँगको खेलको तयारीका रूपमा बेलायतका विभिन्न क्लबसँग अभ्यास खेल खेलेको थियो । बेलायत बसाईमा नेपाली क्रिकेटरले लगातार शनशनिपुर्ण जीत हात पारेका थिए । च्याम्पियनसिपमा नेपालले नेदरल्याण्डसँग साउन २९ र ३१ गते उसकै घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ ।

तपाईको प्रतिक्रिया