मन्त्रिपरिषद फेरबदल गर्ने प्रधानमन्त्रीको तयारीमा प्रचण्ड बाधक

काठमाडौं–जेठ २४ । गृहमन्त्री शक्तिबहादुर बस्नेत र आपूर्तिमन्त्री गणेशमान पुनलाई हटाएर मन्त्रिपरिषदमा सामान्य फेरबदल गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाधक बन्नुभएको छ ।
Prachanda-kp-oliगृहमन्त्री शक्तिबहादुर बस्नेतलाई फिर्ता बोलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको बालुवाटार भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेकोमा दाहालले अश्विकार गर्नुभएको हो । एमाले र प्रधानमन्त्रीको चाहना मात्रैले गृहमन्त्रीलाई हटाउन नमिल्ने भन्दै केन्द्रका अध्यक्ष दाहालले पार्टीले आन्तरिक निर्णय नगर्दासम्म कामय हुने बताउनुभएको बुझिएको छ । गृहमन्त्रीले आफूलाई नटेरेको प्रधानमन्त्री ओलीले एमाले स्थायी समिति बैठकमा समेत गुनासो गरेको बैठक श्रोतको दाबी छ ।

हुनत, मन्त्री बस्नेतले गर्न लागेको सीडीओहरुको सरुवालाई प्रधानमन्त्रीले हस्तक्षेप गरेपछि मनमुटाव बढेको  बताइएको छ । यता, माओवादी केन्द्रले एमालेले सोचे अनुसार आफ्ना मन्त्रीहरु तत्काल फिर्ता नुहुने भन्दै आपूर्तिमन्त्री, सामान्य प्रशासन र गृहमन्त्री कसले राम्रो काम गर्न सकेनन उनीहरुबारे पार्टीभित्र समीक्षा हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया