आगामी बजेट राष्ट्र विकासको नमुना : प्रधानमन्त्री ओली

vlcsnap-2016-05-07-20h44m59s788काठमाडौं–जेठ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेट राष्ट्र विकासको नयाँ सुत्रधार हुने दाबी गर्नुभएको छ । नेकपा एमाले प्रचार विभागले आयोजना गरेको मदन–आश्रित राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले नीति तथा कार्यक्रमले नै विकासको संकेत दिएको भन्दै आगामी बजेटले यसलाई पूरा गर्ने बताउनुभएको हो ।

उहाँले नीति तथा कार्यक्रम देखेर केही दल आत्तिएको आरोप लगाउँदै सरकार जनमुखी बजेट ल्याउन प्रतिबद्ध रहेको धारणा राख्नुभयो । कार्यक्रममा वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई मदन–आश्रित राष्ट्रिय पत्रकारिता पुरस्कार हस्तान्तरण गरिएको थियो । पुरस्कारको राशी ५१ हजार रूपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया