पर्यटन प्रवर्धनका लागि जुर्मुराउँदै व्यवसायी

काठमाडौँ–११ वैशाख । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले ४० औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । index

साधारणसभा भूकम्प र नाकाबन्दी पश्चात शिथिल बनेको पर्यटन उद्योग पुनरुत्थानका लागि छिमेकी मुलुक भारत र चीनको बजार प्रवद्र्धन, राष्ट्रिय ध्वजावाहक नेपाल वायू सेवा निगम सुदृढिकरण तथा नागरिक उड्डयन तर्फ कालो सुचि हटाउने र विमान स्थलको सेवा सुदृढिकरणका लागि अभियान सञ्चालन गर्ने पाँच बुदे प्रतिवद्धता सार्वजनिक गर्दै सम्पन्न भएको हो ।

साधारण सभाका प्रमुख अथिती तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पर्यटन प्रवद्र्धनका लागि विशेष कार्यक्रम ल्याइनुपर्ने बताउनुभएको छ । उहाँले आर्थिक विकास बिना देश सफल नहुने भन्दै राजनीतिलाई अब आर्थिक क्रान्तिमा मोडिनुपर्नेमा जोड दिनुभयो । “पर्यटन मुल आधार मात्र हैन यो मुलुकको ड्राइभिङ इन्जिन हो ।

पर्यटनलाई पहिलाकै अवस्थामा फर्काउन राजनीतिक लगायत सबै क्षेत्रले विशेष सक्रियतापूर्वक काम गर्न जरुरी छ,”–नेता नेपालले भन्नुभयो । प्राकृतिक सुन्दरता तथा सांस्कृतिक विविधताले भरिपूर्ण नेपाल विश्व पर्यठटनको आकर्षण रहेको र नेपाललाई हिन्दु र बुद्धिस्टको मक्का मदिना बनाएर धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने उहाँको भनाई थियो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले संविधानले जनताका सबै खाले समान अधिकार मात्र नभई अतिरिक्त अधिकार समेत दिएको उल्लेख गर्दै दलहरुले राजनीतिक मतभेद अन्त्य गरी एकता र सहकार्यको दिशामा अग्रसर हुनुपर्ने खाँचो औंल्याउनुभयो ।
व्यवस्थापिका–संसदको अर्थसमितिका सभापति प्रकाश ज्वालाले नेपालको पर्यटकीय सुन्दरताको बखान गरेर मात्र नभई व्यवहारमा उतार्न जरुरी छ, भन्दै नेपालको पर्यटकीय संभावनाको उपयोग गर्नसके अर्थतन्त्रमा टेवा पुग्ने बताउनुभयो । उहाँले अहिले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धी छलफल चलिरहेको र आगामी आर्थिक वर्षको बजेट पर्यटनमैत्री बनाउने गरी आवश्यक सुझाव दिन पाटा नेपाललाई आग्रह गर्नुभयो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले पर्यटन प्रवद्र्धनका लागि बोर्डले योजनाबद्ध कार्यक्रम ल्याउने बताउनुभयो । पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले पर्यटन पुनरुत्थानका लागि अन्तराष्ट्रिय संस्थाहरुको साझेदारीमा पाटाले विशेष प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेको जानकारी दिनुभयो ।
पाटाका पर्यटन विज्ञ क्यानेडियन ओलिभर मार्टिनले प्यासिफिक एसिया क्षेत्रमा पर्यटन प्रवद्र्धनको आगामी रणनीतिक कार्ययोजना प्रस्तुत गर्दै वार्षिक ९ प्रतिशतका दरले बृद्धि भइरहेको पर्यटन बजारबाट छिमेके चीन र भारतबाट केही हिस्सा नेपालले लिनसकेको खण्डमा अर्थतन्त्र बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।index1

सो अवसरमा पर्यटन व्यवसायी मेघ आलेलाई यस वर्षको “पाटा पर्सनालिटी अफ द ईयर २०१६” अवार्ड प्रदान गरिएको छ । आलेले नदी संरक्षण, ¥याफ्टिङ, बुद्धिजमलगायतका पर्यटनका क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएको छ । आले बागमति संरक्षण अभियानकर्मी समेत हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया