सुरक्षा रणनीतिमा आमुल परिवर्तन आवश्यक छ : मन्त्री बस्नेत

सुनसरी– चैत २८ । पूर्वाञ्चल क्षेत्र स्तरीय सुरक्षा रणनीतिको तयारीस्वरुप गृह मन्त्रालयले आइतबारदेखि सुनसरीको धरानमा दुईदिने सुरक्षा बैठक सुरु गरेको छ । sakti
पूर्वाञ्चलका १६ वटै जिल्ला प्रशासन प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको सहभागिता रहेको बैठकले पछिल्लो सुरक्षा चुनौती र त्यसको समाधानका उपायका विषयमा विस्तृत छलफल गरेर सुरक्षा रणनीति तयार पार्ने बताइएको छ ।
बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले परिवरर्तित सकयसँगै सुरक्षा रणनीतिमा पनि आमूल परिवर्तन आवश्यक रहेको बताउँनुभएको हो । देशमा शान्ति स्थापना र संविधान कार्यान्वयन गर्न नदिने गरि राजनीतिक चलखेड बढ्न थालेको भन्दै मुलुकलाई शान्तिसुरक्षाको गतिलो प्रत्याभूति दिलाउँदै देशलाई आर्थिक रुपमा सम्पन्नातिर लैजान सबै राजनीतिक दलले हातेमालो गर्न जरुरी रहेकामा जोड दिनुभयो । मुलुकमा अशान्ति र अस्थिरता सिर्जना गरेर नेपालीको स्वतन्त्र विकास हुने अधिकारप्रति कसैले पनि अवरोध सिर्जना गर्न खोज्नु सह्य नहुने स्पष्ट पार्दै गृहमन्त्रीले यही विषयलाई गम्भीरतापूर्वक लिएर निचोड निकाल्न सहभागीलाई आग्रह गर्नुभयो ।
गृहसचिव नारायणगोपाल मलेगोले पूर्वाञ्चलका १६ वटै जिल्लाका प्रजिअबाट जिल्लाको सुरक्षा अवस्थाका विषयमा आउने प्रतिवेदनका आधारमा भावि सुरक्षा रणनीति तयार हुने बताउनुभयो । गृहका सहसचिव यादवप्रसाद कोइरालाले सुरक्षाजस्तो गम्भीर विषय कसैको आन्दोलनबाट मजाक बन्न नसक्ने भन्दै नागरिकको अधिकार हनन हुने काममा प्रशासन गम्भीर रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया