एमाले आफैले गर्यो सरकारको आलोचना

काठमाडौं– चैत २४ । सरकारको नेतृत्व गरेको नेकपा एमाले आफैले सरकारका कामकारबाही सन्तोषजनक नभएको ठहर गरेको छ । vlcsnap-2016-04-06-21h06m41s193
बुधबारको पोलिट्ब्यूरो बैठकमा सहभागी सदस्यहरूले सरकारका कामकारबाही सन्तोषजनक नभएको भन्दै असन्तुष्टि जनाएका हुुन् । यस्तै, बैठकमा राष्ट्रिय राजनीति र पार्टीका गतिविधिबारे छलफल भएको सचिव योगेश भट्टराईले जानकारी दिनुभएको छ ।

बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ । विधान संशोधनको विषयलाई समेत बैठकमा प्रथामिकता दिइएको नेताहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया