भ्रष्टाचार सूचकांकमा यो बर्ष पनि नेपाल ११७ औं स्थानमै, यस्तो छ ट्रान्सपरेन्सीको प्रतिवेदन!

काठमाडौँ- ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले आज सार्वजनिक गरेको भष्ट्राचार अवधारण सूचकांक २०२१ मा नेपाल ११७ औं स्थानमा रहेको छ । अघिल्लो  बर्ष पनि नेपालले ३३ अंक सहित ११७ औं स्थानमा रहेको थियो ।

अघिल्लो बर्ष झैँ यो बर्ष पनि नेपालको स्कोर स्थिर रहनुमा भष्ट्राचार नियन्त्रणमा केहि प्रगति हुन नसकेको ट्रान्सपरेंसी ईन्टरनेशनल नेपालले जनाएको छ ।

१८० देशमा समावेश भएको सूचकाङ्कमा सबैभन्दा कम भ्रष्टाचार हुने मुकुकमा डेनमार्क, फिनल्याण्ड र न्यूजिल्याण्डले कुल १०० मा ८८ अंक प्राप्त गरेका छन् भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा साउथ सुडानले ११ अंक प्राप्त गरेको छ ।

यस्तो छ ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालको प्रेस नोट

तपाईको प्रतिक्रिया