भोलि देखि माघ १५ गतेसम्म बिधालय बन्द, विश्वविधालयका पुर्व निर्धारित परीक्षा नरोकिने

काठमाडौँ- शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्रालयले  भोलि पौष २७ गते देखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार मन्त्रालयका सह सचिव एवं प्रवक्ता दिपक शर्माले बिज्ञप्ति जारी गर्दै देशभरी कोभिड-१९ संक्रमण तीव्ररुपमा फैलिनुका साथै ओमिक्रोन भेरियन्ट पनि पुष्टि भएकाले बिधार्थीका स्वास्थ्य सुरक्षामा बिशेष ध्यान दिंदै आधारभुत तथा माध्यमिक विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिएका छन्।

वार्षिक विदामा मिलान गर्ने गरी पुस २७ बाट माघ १५ गतेसम्म विदा दिने निर्णय भएको बिज्ञप्तिमा भनिएको छ ।

साथै, विश्वविधालय तथा शैक्षिक प्रतिष्ठानको  स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै पूर्वनिर्धारित सेमेष्टर र वार्षिक परीक्षा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया