त्रिपाल उडाएपछि भूकम्प प्रभावितको बिजोग

काठमाडौं–१७ चैत । वैशाख १२ को विनाशकारी भूकम्प का कारण विस्थापित भएर अस्थायी शिविरमा बस्दै आएका अधिकांश भूकम्प पीडित अहिले बिचल्नीमा परेका छन् । सोमवार साँझकोे भीषण हावाहुरीले अस्थायी बास उडाएपछि भूकम्प पीडितको बसाई झन कष्टकर बन्न थालेको हो । bhukampa-piditबाँसको भाटा जेनतेन त्रिपाल बेरेर बस्दै आएका सर्वसाधारण हावाहुरीले ओत लाग्ने दुःखको छाप्रो उडाएपछि निराश र चिन्तित बन्न थालेका छन् । टहरामा राखेका कपडा र खाद्यान्न हावाहुरीपछि परेको पानीले भिजेपछि खानेकुराको अभाव देखिएको छ भने विद्यालय जाने बालबालिकाको कितावकापी भिज्दा पढाइमा थप समस्या भएको छ । EarthQuake-Victims-Nepalभुकम्प गएको ११ महिना वितिसक्दा समेत भुकम्प पिडितहरुको दिर्घकालिन बसोबासमा हुननसक्दा पीडामाथी थप पीडा थपिएको छ । तर पीडितको लागि सरकार साहारा बन्न सकिरहेको छैन ।अधिकांश ठाउँका विस्थापितहरु सरकारले वास्ता नगरेपछि फेरी च्यातिएको त्रिपालको सहारामा उही बाँसकै टहरा बनाउन जुटेका छन् । विस्थापितहरुलाइ पुनस्थापित गराउने सरकारी घोषणा अहिलेसम्म बोलीमा मात्रै सिमित छ । Bhukampa-asar-Sindhu.jpgजाडो महिनामा चिसोले सताएको भूकम्प पीडितलाई गर्मी महिना सुरु हुने वित्तिकै हावाहुरी र घामपानीले सताउन थालेको छ । एकपटक हावाहुरी आउँदा त यस्तो विजोग भएको छ भने नजिकिदै गरेको बर्खामा कस्तो समस्या भोग्नुपर्‍ला  पीडित परिवारले ?  यतातर्फ सरकारले बेलैमा सोच्नुपर्छ । भूकम्प प्रभावित सर्वसाधारण सरकारसँग यस्तै प्रश्न गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया