मनकामना स्मार्ट लघुवित्तको आइपिओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा!

काठमाडौँ-  मनकामना स्मार्ट लघुवित्त बित्तीय संस्थाको साधारण सेयर (आईपीओ) सोमबार बाँडफाँड भएको छ । संस्थाले सर्वसाधारणलाई असार १७ गते देखि २१ गते सम्म आवेदन दिन आब्हान गरेको थियो।

आज बिहान ९ः३० बजे शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा लघुवित्तको आईपीओ बाँडफाँट भएको हो।

संस्थाले सर्वसाधारणको लागि ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ६ हजार ५८ कित्ता कर्मचारीहरुलाई, १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषको लागि छुट्टाएको छ भने बाँकी भएको ३ लाख ६३ हजार ४९२ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने बताएको थियो। जसअनुसार ३६ हजार ३४९ जनाले लघुवित्तको १०कित्ता शेयर प्राप्त गरेका छन्। भने भाग्यमानी २ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

 

यसरी हेनुहोस् रिजल्ट:

 मनकामना स्मार्ट लघुवित्तको आइपिओको नतिजा अहिले वेबसाइटमा अपलोड भएको छैन ।

यस अघिको नियम अनुसार केहि समयमा आफ्नो BOID नम्बर राखेर निम्न वेबसाइटबाट हेर्न सकिनेछ ।

https://iporesult.cdsc.com.np/ :मेरो शेयर

https://nmbcl.com.np/shareallotment एनएमबि क्यापिटल लिमिटेड

https://www.manakamanalbs.com/ मनकामना स्मार्ट लघुवित्तको वेबसाइट 

तपाईको प्रतिक्रिया