काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८१ जनाको मृत्यु भएको छ भने २ हजार ४२१ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ७ हजार ४६१ पीसीआर परिक्षणबाट १ हजार ५११ र ४ हजार ९५३ एन्टीजेन विधिबाट ९१० गरी कुल २ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ३ हजार ५५८ जना निको भएका छन्।
देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५२० जना रहेका छन् ।