के हुँदै छ माओवादी एकता ?

काठमाडौं–चैत १३ । संविधानसभाको पहिलो चुनावमा सबैभन्दा ठूलो पार्टी बनेको माओवादी अहिले विभिन्न चिरामा विभाजित छ । दोस्रो संविधानसभाको चुनावबाट तेस्रो दलको हैसियतमा पुगको माओवादी अहिले छ वटा पार्टीमा विभाजित छ ।  माओवादी भित्र पार्टी फुट भएदेखि नै पार्टी एकताको कुरा चलेपनि हालसम्म व्यवहारमा परिणत हुन सकेको छैन । पछिल्लो समय एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयभित्र पार्टी एकता हुने बताएपनि त्यसले मूर्त रूप लिन सकेको भने छैन । माओवादीका नेताहरूले पार्टी एकताका लागि आन्तरिक गृहकार्य जारी रहेको बताएका छन् । सबै माओवादीका आ–आफ्नै सिद्धान्त र दृष्टिकोण रहेकाले तिनलाइ मिलाउन गृहकार्य गर्नुपरेकाले पार्टी एकतामा ढिलाprachanda-kiranई भएको नेताहरूको भनाइ छ । माओवादी फुटको कारण संविधानसभाको दोस्रो चुनावमा पहिलो दलको हैसियत गुमाउनु परेको र जनयुद्धमार्फत भएका उपलब्धी धराशायी बन्दै गएको भन्दै माओवादी नेताहरूले पार्टी एकताको पहल गरेका हुन् । अहिले एकीकृत माओवादी, नेकपा क्रान्तिकारी माओवादी , नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी र नेकपा माओवादीवीच पार्टी  एकताको प्रक्रिया जारी छ । त्यस्तै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी पनि एकीकरणको प्रक्रियामा रहेको नेताहरूको भनाइ छ । माओवादी नेताहरुका अनुसार पार्टी एकीकरणको सबै प्रक्रिया सकिनसाथ  एकताको घोषणा हुनेछ । गत बर्ष देखि नै एकीकृत माओवादी र नेकपा माओवादी क्रान्तीकारीवीच पार्टी एकताको कुरा चलेपनि अहिलेसम्म एकता हुन नसक्दा कार्यकर्ता पंक्तिमा निरासा छाएको छ ।संविधान जारी हुनु भन्दा पहिले प्रचण्ड र वैद्य नेतृत्वको  माओवादीवीच पार्टी एकता गृहकार्य भएपनि प्रमुख दलवीच भएको १६ बुदें सहमतिपछि यो प्रक्रिया अघि बढ्न सकेको थिएन । के हुँदै छ माओवादी एकता ?
काठमाडौं–चैत १३ । संविधानसभाको पहिलो चुनावमा सबैभन्दा ठूलो पार्टी बनेको माओवादी अहिले विभिन्न चिरामा विभाजित छ । दोस्रो संविधानसभाको चुनावबाट तेस्रो दलको हैसियतमा पुगको माओवादी अहिले छ वटा पार्टीमा विभाजित छ ।  माओवादी भित्र पार्टी फुट भएदेखि नै पार्टी एकताको कुरा चलेपनि हालसम्म व्यवहारमा परिणत हुन सकेको छैन । पछिल्लो समय एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयभित्र पार्टी एकता हुने बताएपनि त्यसले मूर्त रूप लिन सकेको भने छैन । माओवादीका नेताहरूले पार्टी एकताका लागि आन्तरिक गृहकार्य जारी रहेको बताएका छन् । सबै माओवादीका आ–आफ्नै सिद्धान्त र दृष्टिकोण रहेकाले तिनलाइ मिलाउन गृहकार्य गर्नुपरेकाले पार्टी एकतामा ढिलाई भएको नेताहरूको भनाइ छ । माओवादी फुटको कारण संविधानसभाको दोस्रो चुनावमा पहिलो दलको हैसियत गुमाउनु परेको र जनयुद्धमार्फत भएका उपलब्धी धराशायी बन्दै गएको भन्दै माओवादी नेताहरूले पार्टी एकताको पहल गरेका हुन् । अहिले एकीकृत माओवादी, नेकपा क्रान्तिकारी माओवादी , नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी र नेकपा माओवादीवीच पार्टी  एकताको प्रक्रिया जारी छ । त्यस्तै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी पनि एकीकरणको प्रक्रियामा रहेको नेताहरूको भनाइ छ । माओवादी नेताहरुका अनुसार पार्टी एकीकरणको सबै प्रक्रिया सकिनसाथ  एकताको घोषणा हुनेछ । गत बर्ष देखि नै एकीकृत माओवादी र नेकपा माओवादी क्रान्तीकारीवीच पार्टी एकताको कुरा चलेपनि अहिलेसम्म एकता हुन नसक्दा कार्यकर्ता पंक्तिमा निरासा छाएको छ ।संविधान जारी हुनु भन्दा पहिले प्रचण्ड र वैद्य नेतृत्वको  माओवादीवीच पार्टी एकता गृहकार्य भएपनि प्रमुख दलवीच भएको १६ बुदें सहमतिपछि यो प्रक्रिया अघि बढ्न सकेको थिएन ।

तपाईको प्रतिक्रिया