काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा बैशाख २९ सम्म थपियो

काठमाडौँ-  काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १ हप्ता थप भएको छ ।

उपत्यकाका ३ जिल्लाका  प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

अब खाद्यान्न र अति आवश्यक वस्तुहरुका पसल बिहान ७ देखि ९ बजेसम्म मात्र खोल्न पाइने छ । यसअघि  बिहान १० बजे सम्म र साँझ ५ देखि ७ बजेसम्म पनि खोल्न दिइएको थियो ।

अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरिएको छ । अत्यावश्यक बाहेक पास जारी नगर्ने निर्णय गरेको छ ।

 

तपाईको प्रतिक्रिया