शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँशु थामिन्थ्यो र: डा. बाबुराम

चैत्र २२, काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका युवाको शव बुझन आएका आफन्तलाई भेट्न विमानस्थल पुगेका हुन् । आज बैदेशिक रोजगारीको शिलशिलामा विदेश गएका १२ युवाहरुको शव आएको थियो । आएको शवहरु मध्ये २ ओटा शव गोरखा घर भएका युवाहरुको थियो | बैदेशिक रोजगारीका क्रममा: निधन भएपछि श्रद्धाञ्जली दिन र परिवारका सदस्यहरूलाई भेट्न भट्टराई विमानस्थल पुगेका थिए ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्,‘कस्तो दु:खद अवस्था! बैदेशिक रोजगारीमा मलेशिया गएका नेपाली युवाहरूमध्ये १२जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो !तीमध्ये गोरखा-२सिरानचोक-५का सूर्य विक (२८बर्ष) र गोरखा नपा-१२का मेघबहादुर कुॅवर(२७ बर्ष)को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो र!’

तपाईको प्रतिक्रिया