२४ घण्टामा १ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टी, १२ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर १ हजार ७८ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार ५५५ पीसीआर परिक्षणबाट ८९८ र ३ हजार २१० एन्टीजेन विधिबाट १८० गरी कुल १ हजार ७८ जनामा संक्रमण पुष्टी भएको छ।

२४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो बृद्दि संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार १३५ पुगको छ । भने पिसीआर परिक्षणबाट कोरोना संक्रमण पुष्टी हुनेको संख्या  ७ लाख ९५ हजार ६१ जना पुगेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट ९ सय ११ जना निको भएका छन्। संक्रमण पुष्टी भएका मध्ये  ९६.३ प्रतिशत अर्थात् ७ लाख ६५ हजार ७५८ जना संक्रमण मुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १६८ रहेको छ ।

तपाईको प्रतिक्रिया