४ हजार ४७२ जनामा कोरोना संक्रमण पुष्टी, ९२ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ४ हजार ४७२ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार २ पीसीआर परिक्षणबाट ३ हजार ३७० र ५ हजार ९०१ एन्टीजेन विधिबाट १ हजार १०२ गरी कुल ४ हजार ४७२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप ९२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ६ हजार ९५१ जना निको भएका छन्।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ८५ हजार ५४४ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया