कोभिशिल्डको दोस्रो मात्राको विकल्पमा एउटै प्रकृतिको ‘एस्ट्राजेनिका’ खोप लगाउने: स्वास्थ्य मन्त्रालय

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्ड खोपको पहिलो मात्र लगाएका व्यक्तिहरुको हकमा दोस्रो मात्राको विकल्पमा एउटै प्रकृतिको ‘एस्ट्राजेनिका’ खोप लगाउने बताएको छ

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले सोमबार जारी विज्ञप्तिमा भनिएको छ “खोपको निर्यात सम्बन्धी निर्णयले उत्पादक कम्पनी र कोभ्याक्स सुविधा दुवैले खोप उपलब्ध गराउन असमर्थ भएको पत्र प्राप्त भएकाले तोकिएको मितिमा कोभिसिल्डको दोस्रो मात्रा दिन नसकिएको जानकारी गराउँछौँ”

तपाईको प्रतिक्रिया