अनलाइन फारम नभरेकै कारणले खोपबाट कसैलाई बन्चित गरिदैन: स्वास्थ्य मन्त्रालय

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनलाइन फारम नभरेकै कारणले खोपबाट कसैलाई बन्चित नगरिने बताएको छ ।

आइतबार नियमित प्रेस ब्रिफिंङ्गमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता, कृष्ण प्रसाद पौडेलले कोरोना खोपको लागि अनलाइन फारम भरिंदिंदा सरकारलाई खोप ब्यबस्थापन गर्न सुष्म योजनाको तथ्याङ्ग संकलन गरी खोप ब्यबस्थापनमा सहज हुने बताएका हुन् । तर कसैले कुनै कारणले फारम भर्न सक्नु भएन भने पनि उमेर समूह अनुसार खोप लगाउने ब्यबस्था गर्ने मन्त्रालयले बताएको हो।

मन्त्रालयले गत  बैसाख १८ गते देखि १८ बर्ष माथिका उमेर समूहका सबै नागरिकलाई मन्त्रालयको वेबसाइट मार्फत खोपको लागि आवेदन फारम भर्न सुचित गरेको थियो ।

 

 

तपाईको प्रतिक्रिया