कोरोना अपडेट: ३ हजार ४७९ मा संक्रमण पुष्टी, ९९ को मृत्यु, ६ हजार ६३६ संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार ४७९ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १० हजार ४७१ पीसीआर परिक्षणबाट ३ हजार २४ र ३ हजार २६२ एन्टीजेन विधिबाट ४५५ गरी कुल ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप १०१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ६ हजार ६३६ जना निको भएका छन्।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ८९ हजार २१७ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया