शनिबार ५ हजार ४२ जनामा संक्रमण पुष्टी, ६८ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५ हजार ४२ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ११ हजार ४७१ पीसीआर परिक्षणबाट ३ हजार ५४०  र ५ हजार ३४३ एन्टीजेन विधिबाट १ हजार ५०२ गरी कुल ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप  ६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ८ हजार २४३ जना निको भएका छन्।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ९२ हजार ९२८ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया