६ हजार ६५३ जना संक्रमित थपिए, १०१ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ६ हजार ६५३ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १४ हजार १८२ पीसीआर परिक्षणबाट ४ हजार ६२४  र ६ हजार ६३१ एन्टीजेन विधिबाट २ हजार २९ गरी कुल ६ हजार ६५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप  १०१  जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ८ हजार ६६३ जना निको भएका छन्।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया