काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ६ हजार ८२५ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १८ हजार ५६२ पीसीआर परिक्षणबाट ५ हजार ८२५ र ३ हजार २११ एन्टीजेन विधिबाट १००० गरी कुल ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
थप ७५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ५ हजार ९०४ जना निको भएका छन्।
नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८३९ जना रहेका छन् ।