त्रि. वि. का परिक्षा अनलाइन कि भौतिक उपस्थितिमा ?

काठमाडौं । महामारीको संटक गहिरिदै गएपछि त्रि.वि.ले अहिले परिक्षा सञ्चालनका लागि अनलाइन फारम आवेदन माग गरिरहेको छ । हालका लागि त्रि.विले प्रथम बर्षका विद्यार्थीलाई परिक्षा फारम भर्न भनेको छ तर परिक्षा सञ्चालन कहिले कसरी हुन्छ त्यो भने अझै टुङ्गो छैन । परिक्षा नियन्त्रण कार्यालयले हालका लागि परिक्षा पारम लिदै गर्ने र अवस्था हेरी आवश्यक निर्णय लिने भन्दै आएको छ ।

उसले कोरोना संक्रमण नरोकिए अनलाइनबाट परिक्षा लिने र त्यसका लागि विद्यार्थीले घरबाटै वा आफूलाई पाएक पर्ने क्याम्पसबाट परिक्षा दिन सकिने भनेको छ । तर त्रि.वि. कतिपय विद्यार्थी अनलाइनको पहुँच भन्दा बाहिर रहेकाले उनीहरूले कसरी परिक्षा दिन्छन् भन्ने प्रश्न पनि उठिरहेको छ । यस्तो अवस्थामा त्रि.वि. अनलाइन वा भौतिक उपस्थिति कुन माध्यमबाट परिक्षा गर्छ यसको निक्र्योल गर्न सकेको छैन ।

 

तपाईको प्रतिक्रिया