हेल्थ टिप्स : ह्दयघातबाट बच्ने उपाय

काठमाडौं । स्वास्थ्य शिक्षामा अभिबृद्धि हुदै गएपनि मानिसको जीवन शैली र खानपानको कारण पछिल्लो सयम ह्दयघात समस्या पनि बढ्दै गएको पाइन्छ । बढि गुलियो, धुम्रपान, उच्च कोलस्ट्रोल, मधुमेह, उच्च रक्तचाप, मदिरा सेवन, शारिरिक गतिशिलतामा कमी, मोटोपन, बशांनुगत, मानसिक तनाब, बढि चिल्लो लगायतका कारण मानिसलाई ह्दयघात देखिने गर्दछ । उसो भए ह्दयघातबाट बच्चे उपाय के के छन् त ?
१. धुम्रपान नगर्ने ।
२.अत्याधिक मदिरा सेवन नगर्ने ।
३.मधुमेह, उच्च कोलस्ट्रोल, उच्च रक्तचाप राम्रो नियन्त्रणमा राख्ने ।
४. मोटोपन भएमा तौल घटाउने र यसलाई नियन्त्रणमा राख्ने ।
५. नियमित शारिरिक गतिविधि गर्ने ।
६. नुन, चिनी, चिल्लो कम सेवन गर्ने ।
७.डिप्रेसन र मानसिक तनावलाई कम गर्ने ।

तपाईको प्रतिक्रिया