चीनबाट प्राप्त खोप देशभरका ६०-६४ बर्ष उमेर समूहलाई जेठ २५ गतेदेखि लगाइने

काठमाडौँ- चीनबाट प्राप्त कोरोना भाईरस बिरुद्दको खोप जेठ २५ गते देखि लगाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीन सरकारबाट अनुदान प्राप्त भेरोसेल खोप नेपालभरि ६० देखि ६४ उमेर समुहलाई लगाउने भएको हो ।

चीनले अनुदानमा दिएको १० लाखमध्ये ९ लाख डोज हिजो नेपाल आइपुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भेरोसेल खोप लगाउन जाँदा कोभिड-१९ खोप समन्वय तथा अनुगमन समितिले निर्धारण गरेको नजिकैको खोप केन्द्रमा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको छ ।

तपाईको प्रतिक्रिया