६ हजार ८५ जना कोरोना संक्रमित थपिए, ६८ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ६ हजार ८५ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार १४७ पीसीआर परिक्षणबाट ५ हजार २८५ र ३ हजार १८ एन्टीजेन विधिबाट ८००  गरी कुल ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप १६५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ६ हजार ८९८ जना निको भएका छन्।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया