थप ४ हजार ७६२ जनामा संक्रमण पुष्टी, ११४ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ४ हजार ७६२ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १५ हजार५५ पीसीआर परिक्षणबाट ४ हजार १७८ र २ हजार ४२५  एन्टीजेन विधिबाट ६६७  गरी कुल ४ हजार ७६२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप ११४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ६ हजार ४९१ जना निको भएका छन्।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४७० जना रहेका छन् ।

तपाईको प्रतिक्रिया