देशभर ४ हजार ३६९ जनामा संक्रमण पुष्टी, १०९ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ४ हजार ३६९ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १० हजार ९८६ पीसीआर परिक्षणबाट ३ हजार ७०२  र १७८४ एन्टीजेन विधिबाट ६६७  गरी कुल ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप १०९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ६ हजार २९५ जना निको भएका छन्।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १ लाख ८  हजार ८९७ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया