प्रदेश प्रमुखबाट हटाएकोमा खुसी छन् अमिक शेरचन

कास्की- अमिक शेरचनले गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त हुन पाउँदा आफूलाई खुसी लागेको बताएका छन् । प्रदेश प्रमुख भएर १८ महिना २ दिनसम्म काम गरेको जानकारी दिंदै शेरचनले यो अवधिमा सबैको सहयोग र सम्मान पाएको बताएका छन् ।

पोखरामा मंगलबार पत्रकार सम्मेलन गर्दै उनले भने “पदमुक्त भएकोमा अत्यन्तै खुशी छु । मुरी मुरी धन्यबाद छ राष्ट्रपतीज्यूलाई पहिला ओली जी र पुन प्रचण्डजी मार्फत ओली जीको प्रस्ताव मैले अस्विकार गरेको पद थियो । पछि पार्टीको निर्णय सुनाएपछि अनुशासीत कार्यकर्ताको नाताले बाध्य भै स्वकारेको पद हो यो । अधिकारवीहिन खुला जेलबाट मुक्त गरी दिनुभएको मा पनि धन्यबाद । म पदको लागी राजनीति गरेको व्यक्ती होइन ।”

शेरचनले आज देश कोभिडबाट आतंकीत र अक्रान्त बनेको छ बेला दैनिक मृत्युदर बढीरहेको छ, यस्तो अवस्थामा सम्पुर्ण राजनीतिक दलहरुको साझा सहमति र सहकार्यमा देशव्यापी सचेतना अभियान चलाई जनताको जिउ धनको रक्षा गर्नुपर्ने अहम बेलामा पार्टी पार्टी बीचको फुट, पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुवाइएको आरोप लागेएका छन् ।

पदमा आएपछी मैले संवैधानीक मर्यादालाई पुर्ण पालना गरेको बताएका छन् ।

शेरचनलाई मन्त्रिपरिषदको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले पदमुक्त गरेकी थिइन् ।

 

 

Published On:  99पटक हेरिएको

तपाईको प्रतिक्रिया