कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु, ५ हजार ७ सय २७ संक्रमित थपिए

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५ हजार ७ सय २७ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १५ हजार ३ सय ९१  पिसिआर परिक्षणबाट ५६ सय ५७ जना र ५  सय २५ एन्टीजेनबाट ७० गरी कुल ५ हजार ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस बाट संक्रमण हुनेको सङ्ख्या ३ लाख २३ हजार १ सय ८७ जना पुगेका छन् भने ३ हजार २ सय ७९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ९ सय २८ जना निको भएर घर फर्किएका छन् । अहिले सम्म निको हुनेमा २ लाख ८१ हजार ९५ जना रहेका छन् ।

नेपालमा सक्रिय संक्रमितको सङ्ख्या ३८ हजार ८ सय १३ रहेको छ ।

तपाईको प्रतिक्रिया