सबै निकायका एम्बुलेन्सलाई एकीकृत गरी संक्रमितलाई अस्पताल पुर्‍याउन मन्त्रालयको पत्राचार

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुनसुकै निकायबाट सञ्चालित एम्बुलेन्स भए पनि कोभिड-१९ का संक्रमितलाई अस्पताल पुर्‍याइदिने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गरेको छ ।

कोभिड संक्रमण बढ्दै जाँदा व्यवस्थापनमा चुनौती थपिदैं जाँदा नियमित स्वास्थ्य सेवा लिन तथा संक्रमितलाई अस्पताल पुर्याउन समस्या भईरहेको मन्त्रालयले जनाएको छ ।

ठाउँ अनुसार १०२ नम्बर वा प्रादेशिक स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रमार्फत् सेवा प्रदान गर्ने व्यवस्था गरिदिन मन्त्रालयले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया