प्रधानमन्त्री ओली र रुसी राजदुत नोभिकोभ बीच भेटवार्ता, ‘स्पुतनिक–भी’ उपलब्ध गराउन आग्रह

काठमाडौँ- बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि रुसी महासंघका राजदुत अलेक्सेई नोभिकोभले भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका प्रधानमन्त्री ओलीले नेपालले रुसबाट खरिद गर्ने क्रममा रहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक-भी’ तत्काल उपलब्ध गराउने तर्फ पहल गर्न राजदुत नोभिकोभलाई आग्रह गरेका छन् ।

राजदुत नेभिकोभ सहितका प्रतिनिधिहरुले त्यसतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका छन् । भेटमा दुई पक्षीय सम्बन्धका अन्य आयाममाथि चर्चा भएको हो ।

भेटमा दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासहरुलाई थप गति दिने बारे पनि छलफल भएको जनाईएको छ।

 

तपाईको प्रतिक्रिया