के त्रि. वि. का परिक्षा अनलाइबाटै सञ्चालन हुन्छन् त ? बुझिराखौं

काठमाडौं । कोरोना महामारीका अहिले शैक्षिक संस्था ठप्प छन् । परिक्षा तालिका समेत प्रभावित भएका छन् भने चलिरहेका सबै परिक्षा हाललाई स्थगित गरिएको छ ।

कोरोनाको दोस्रो लहरको त्रास बढिरहेका बेला अब त्रि.विका परिक्षा कहिले सञ्चालन हुन्छन् भन्ने यकिन छैन । त्रि.वि. अन्र्तगतका कतिपय क्याम्ससले अहिले पठनपठानका लागि अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । शैक्षिक संस्था कहिले सञ्चालनमा आउछन् भन्ने पनि अनिश्चित छ । यस्तो अवस्थामा कसरी परिक्षा होला भन्ने आम विद्यार्थीको चासो छ ।

अनलाइनबाटै त्रि.विले परिक्षा सञ्चालन गर्ने हल्ला समेत आइरहेका छन् । तर त्रि.विले तत्कालका लागि न भौतिक न त अनलाइनबाट नै परिक्षा सञ्चालनको तयारी गरेको छ । बैशाख महिना अवधिभर कुनै पनि माध्यमबाट परिक्षा सञ्चालन सम्भव नरहेको त्रि.वि. प्रशासनले जनाएको छ ।

त्रि.वि. प्रशासनका अनुसार महामारी बढ्दै गएपनि अनलाइनबाट परिक्षा सञ्चालन गरिहाल्ने कुनै योजना छैन । अनलाइन परिक्षा सञ्चालन गर्नका लागि त्रि. वि. कुनैपनि हिसाबले तयारीमा अवस्थामा छैन । यसकारण अनलाइनबाट त्रि.वि. ले परिक्षा लिने सम्भावना हाललाई टरेको हो । सक्रमणको दर कम हुदै गए भौतिक रूपमै परिक्षा सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया