एकै दिन ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टी, ३५ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ४ हजार ९ सय २८ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ५ सय ९७  पिसिआर परिक्षणबाट ४८ सय ३१ जना र ९ सय ६३ एन्टीजेनबाट ९७ गरी कुल ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस बाट संक्रमण हुनेको सङ्ख्या ३ लाख १७ हजार ५ सय ३० जना पुगेका छन् भने ३ हजार २ सय ४६ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ८ सय ८८ जना निको भएर घर फर्किएका छन् । अहिले सम्म निको हुनेमा २ लाख ८० हजार १ सय ६७ रहेका छन् ।

नेपालमा सक्रिय संक्रमितको सङ्ख्या ३४ हजार १ सय १७ रहेको छ ।

तपाईको प्रतिक्रिया