खाद्य व्यवस्था तथा व्यापार कम्पनिले निषेधाज्ञामा उपत्यकाभित्र निःशुल्क होम डेलिभरीको व्यवस्था

काठमाडौँ- खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले निषेधाज्ञामा उपत्यका भर निःशुल्क डेलिभरीको व्यवस्था गरेको छ । उपत्यकावासीलाई सजिलो र सहज बनाउन कम्पनिको अनलाइन पोर्टल www.nepalfood.gov.np बाट चक्रपथ भित्र र sastodeal.com मार्फत उपत्यका भित्र निशुल्क उपभोक्ताको घर दैलो सम्म लैजाने व्यवस्था गरेको छ ।

यस कम्पनीले निषेधाज्ञा अवधिभर उपत्यकाका चार वटा बिक्री केन्द्रमार्फत खाद्यान्न बिक्री गर्ने भएको छ । बन्दाबन्दिको समयमा हुने कृतिम अभाव तथा मनोबैज्ञानिक असरलाई काम गर्न यस्तो व्यवस्था गरेको जनाएको छ ।

बिक्री कक्षबाट बासमती चामल, जुम्ली मार्सी चामल, कर्णालीको सिमी, खाने तेल, घ्यु र स्यानीटाईजर बिक्री गरिने कम्पनीले बताएको छ ।

 

तपाईको प्रतिक्रिया