काठमाडौँ उपत्यकामा निषेधाज्ञाको पहिलो दिन, के गर्न पाइन्छ के पाईदैन?

काठमाडौँ-कोरोना भाईरसको नयाँ भेरियन्ट सहितको दोस्रो लहरलाई नियन्त्रण तथा रोकथामका लागि सरकारले काठमाडौं उपत्यकामा बिहिबार बिहान ६ बजे देखि लागु हुने गरी १५ दिनका लागि भन्दै निषेधाज्ञा लगाएको छ । देशका अन्य केही स्थानमा भने यसअघि नै निषेधाज्ञा लागु भइसकेको छ।

गत सोमबार उपत्यकाका दिन प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेका थिए सोहि निर्णयलाई मन्त्रिपरिषद्ले संसोधन गरी दुई साता निषेधाज्ञा गर्ने निर्णय गरेको थियो।

निषेधाज्ञा के गर्न पाइन्छ

१. विवाह, व्रतबन्ध लगायतमा बेहुला–बेहुली पक्षका गरी बढीमा १५ जना सहभागी हुन पाइनेछ । दुवै पक्षले विवाहको ब्यानरसहित दुई वटासम्म गाडी प्रयोग गरी आउजाउ गर्न सक्ने छन् । विवाह–व्रतवन्धका लागि स्थानीय तहको सिफारिश सहित जिल्ला प्रशासन कार्यालयमा अनुमति पासको लागि निवेदन दिन सकिन्छ ।

२. बिबाह ब्रतबन्धमा सहभागी भई अन्यन्त्र जिल्लाबाट फर्कनु पर्ने भएमा चालक सहित बढीमा ७ जना सम्मको लागि स्थानीय तहको सिफारिस सहित जिल्ला प्रशासन कार्यालयमा अनुमति पासको लागि निवेदन दिन सकिन्छ ।

३. मृत्यु संस्कार वा बिरामीको कुरुवाको लागि सहभागी हुनुपर्ने व्यक्तिले सम्बन्धित व्यक्ति उक्त व्यहोरा खुल्ने कागज (निवेदन, अस्पतालको कागजात वा स्थानीय तहको सिफारिस) जिल्ला प्रशासन कार्यालयमा अनुमतिको लागि पेश गर्ने सकिन्छ ।

४. बैंक तथा वित्तीय संस्था, बीमा एवम् राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारीसाधन सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न पाइनेछ ।

५. अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा बढीमा दुई कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका सवारीसाधन सञ्चालन गर्न पाउने ।

६. एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, कुरिअर एवम् डाँक सेवा, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापनलगायत ढुवानी तथा यातायातका साधनमा सञ्चालन गर्न पाउने ।

७. सरकारी कार्यालय लगायत सार्वजनिक सेवा प्रदायक संस्थाले सम्बन्धित मन्त्रालय वा विभागबाट जारी पास लिएर सवारी साधन प्रयोग गर्न पाउने छन् ।

८. विकास निर्माणमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिशका आधारमा जिल्ला प्रशासन कार्यालयले दिने पास लिएर सञ्चालन गर्न पाइनेछ ।

९. खाद्य सामग्रीका पसल, व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म संचालन गर्न पाइनेछ ।

१०. संचारकर्मिको हकमा सूचनाको संकलन तथा सम्प्रेषण गर्न सुचना विभागले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न पाइने ।

 

के के गर्न पाईदैन

१. सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनाटर, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना सञ्चालन गर्न पाईदैन।

२. अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारीसाधन चलाउन रोक ।

३. खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल/व्यवसायबाहेक अन्य पसल/ व्यवसाय सञ्चालन पाइने छैन।

तपाईको प्रतिक्रिया