कहिलेसम्म जारी रहँला निषेधाज्ञा ? जानीराखौं

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा आजदेखि १५ दिनका लागि भन्दै निषेधाज्ञा लगाएको छ । देशका अन्य केही स्थानमा भने यसअघि नै निषेधआज्ञा लागु भइसकेको छ । अवस्था हेरिकन निषेधाज्ञाको निर्णय लिन सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिइएको छ । यसैअनुसार तत् जिल्लाका सिडियो कुनैपनि बेला परिस्थितिको आंकलन गरी आवश्यक निर्णय लिन सक्नेछन् ।

अब प्रश्न उठ्छ, अब निषेधाज्ञाको परम्परा कहिलेसम्म जारी रहन्छ ? काठमाडौं उपत्यकाको हकमा सरकारले पहिलो चरणमा १५ दिनका लागि घोषणा गरेको हो । तर सरकारको भित्री तयारी कम्तीमा एक महिना निषेधाज्ञा लागि गर्ने हो । सरकारका एक मन्त्रीका अनुसार संक्रमणको दर बढ्दै गए र अस्पताल अभाव विकराल बन्दै गए निषेधाज्ञा वा लकडाउन थप एक महिना लम्ब्याउने सरकारी तयारी छ ।

काठमाडौं उपत्यका वाहेका अन्य जिल्लामा भने निषेधाज्ञा लामो समय रहने छैन । निषेधाज्ञा गर्ने तर आवश्यक पूर्व तयारी नगरेको सरकारलाई निषेधाज्ञा र लकडाउन सत्ता लम्बाउने बहाना समेत भएको कतिपयको टिकाटिप्पणी छ । हुनपनि विश्वासको मत र अविश्वासको प्रस्तावको कुरा चहिलरहेका कारण आवश्यक पूर्व तयारी भन्दा पनि सत्ता टिकाउने खेलमा प्रधानमन्त्री केपी ओली स्वंम लागेका छन् । यस्तो निषेधाज्ञालाई सत्ता लम्बाउने खेल समेत बनाइएको हुन सक्ने कतिपयको बुझाइ छ ।

तपाईको प्रतिक्रिया