विदेश जानको लागि पीसीआर परिक्षण ‘ए’ बर्गको प्रयोगशालाबाट मात्र

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने प्रयोजनका लागि अब ‘ए’ ग्रेडको प्रयोगशालाबाट मात्र पीसीआर परीक्षण हुने बताएको छ ।

मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै पीसीआर परीक्षणपछि प्राप्त रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो, वारकोड वा आई एम यू  अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराईएको रिपोर्टमात्र मान्यता हुने व्यवस्था गरेको छ।

 

तपाईको प्रतिक्रिया